प्रचण्डलाई देउवाले भने, ‘विश्वासको मतका विषयमा भाेली निर्णय गर्छु’

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने आश्वासन दिएको छ।

सोमबार साँझ कांग्रेससँग विश्वासको मत माग्ने उद्देश्यले प्रधामन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास धुम्बाराहीमा भेटेका थिए। त्यसक्रममा कांग्रेस शीर्ष नेताहरूले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएको एक नेताले बताए।

यद्यपि विश्वासको मतबारे कांग्रेसले औपचारिक निर्णय भने गरिसकेको छैन। यसका लागि मंगलबार बिहान संसदीय दलको बैठक बोलाइएको छ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *