कांग्रेस संसदीय दलको बैठक सुरु

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शनिबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

कांग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने भन्नेबारेमा रणनीति तयार पार्न बैठक बसेको हो । तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा कांग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन व्यस्त छ ।

प्रतिपक्षमा रहेर आफ्नो भूमिकालााई कसरी अघि बढाउने भन्ने निर्णय संसदीय दलको बैठकले गर्नेछ । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई पनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेपाली कांग्रेसका शीर्ष नेताहरूले भने राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *