![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
मधेस प्रदेशमा पुस २८ भित्र सरकार गठनका लागि आह्वान
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![मधेस प्रदेशमा पुस २८ भित्र सरकार गठनका लागि आह्वान](https://www.pardafas.com/wp-content/uploads/2022/12/Madhesh-Pradesh.jpg)
मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् ।
उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
मधेस प्रदेश सभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएकाे हाे ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९-९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १-१ र पाँच स्वतन्त्र सांसद छन् ।
प्रतिक्रिया