कान्ति बाल अस्पतालले मनायो ६१औं वार्षिकोत्सव

कान्ति बाल अस्पतालले आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको छ । अस्पतालले आज एक कार्यक्रमबीच आफ्नो ६१औं वार्षिकोत्सव मनाएको हो ।

कान्ति बाल अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कान्ति बाल अस्पतालमा स्वास्थ्यकर्मीहरूको दरबन्दी नपुगेको भन्ने गुनासो आएको भन्दै त्यसलाई सरकारले समाधान गर्ने बताए ।

उनले अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट ५ सय बेडको स्वीकृतिका लागि अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको भन्दै स्वास्थ्यकर्मीको दरबन्दी र ५ सय बेडको स्वीकृतिका लागि मन्त्रालयले तदारुकताका साथ काम अघि बढाउने बताए । उनले मन्त्रालयले अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी र नर्सिङ र म्यानपावर पूरा गर्ने प्रतिबद्धता जनाए ।

सचिव पोखरेलले अस्पतालले सरकारले दिएको पैसाको सही सदुपयोग गरेको भन्दै आगामी दिनमा पनि अस्पतालले राम्रा काम गरेर देखाउने विश्वास राखेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *