प्रतिनिधि सभा सदस्य आले र राईले लिए शपथ

प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आले र माया राईले शपथग्रहण गरेका छन् ।

मंगलबार दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरामार्फत् उनीहरूले शपथ लिएका हुन् ।

गत पुस ७ मा भएको प्रतिनिधि सभाका सदस्यहरूको शपथ समारोहमा आले र राई अनुपस्थित थिए । आले पारिवारिक शोकमा भएकाले र राई अस्पतालमा भर्ना भएकाले उनीहरूले मंगलबार शपथ लिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर