नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी अल स्टारले काठमाडौं नाइट्सलाई हरायो

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाइट्सलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गर्दै विजयी भएको हो । लुम्बिनीले दिएको एक सय ५१ रनको लक्ष्य काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रनमा समेटियो । काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले सर्वाधिक ३८ रनको योगदन दिए भने सुनाम गौतमले १८ रन बनाए । तेस्तै एलेक्स ब्लेकले ११ रन बनाए भने कमलसिंह ऐरीले अविजित १९ रन बनाए ।

लुम्बिनीका लागि हरमित सिंहले तीन तथा किशोर महतो, श्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले समान एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५० रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४० रन जोडे भने लाहिरु मिलन्थाले २५ तथा स्याड्ली भानले २१ रन बनाए । कुशल भुर्तेलले १९ रन बनाए । अनिल शाह १३ रनमा आउट हुँदा हरमित सिंहले १२ बनाए । काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले दुई तथा अभिनाश बोहोरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलले समान एक/एक विकेट लिए ।

पाँच खेलमा अपराजित रहेको लुम्बिनीले १० अङ्क जोडेको छ । लुम्बिनी अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ । चार खेलमा दुई जित हात पारेको काठमाडौँ चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।

शुक्रबार नै भएको अर्को खेलमा पोखरा एभेन्जर्सले फार वेस्ट युनाइटेडलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । त्रिवि मैदानमा एक सय ८० रनको लक्ष्य पछ्याएको पोखराले १९ दशमलव तीन ओभरमा सात विकेट गुमाएर पूरा गर्‍याे । पोखराको जितमा आसिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए भने कुशल मल्लले ४० तथा सुमित महर्जनले ३८ रन बनाए । त्यस्तै सिद्धान्त लोहनी २३ तथा अमिर हम्जा १२ रन बनाए ।

फार वेस्टका लागि उमर अलि, करण केसी र प्रकाश जैशीले समान दुई/दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियोे । फार वेस्टका लागि उमर अलिले २२ रन बनाउँदा देव खनालले ३३ रन बनाए । रशिद खानले ३२ तथा हसिम अन्सारी र भिम सार्कीले १७/१७ रन जोडे । करण केसीले अविजित १२ रन बनाए ।

पोखराका लागि जाहिर खानले तीन तथा तुलबहादुर थापा र अमिर हम्जाले समान दुई/दुई विकेट लिए । कुशल मल्ल र आरिफ शेखले समान एक/एक विकेट लिए । पोखरा छ खेलमा दुई अङ्क जोड्दै अङ्क तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पाँच खेल खेलको फार वेस्ट दुई अङ्कसहित अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर