सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठीक ठाउँमा आउँछ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठीक ठाउँमा आउने बताएका छन्।

बुधबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका हुन्।

उनले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधान र सबल अर्थतन्त्रमा निर्माण रहेको बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा एउटा ईंट्टा थप्दै जानुपर्ने आवश्यता रहेको बताए। उनले मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर नभए पनि समस्या भने रहेको बताए।

मन्त्री पौडेलले अर्थतन्त्रलाई सबल बनाउनको लागि आर्थिक पत्रकारहरूले रचनात्मक भूमिका खेल्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *