केन्द्रीय बैठकमा विशेष महाधिवेशन र देउवाको राजीनामाबारे छलफल हुन्छ : सहमहामन्त्री पाण्डे

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई सामान्य रूपमा कांग्रेसीहरूले लिन नमिल्ने बताएका छन्। बुधबार कांग्रेस संस्थनापन इतरपक्षहरूको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्।

सहमहामन्त्री परियारले कांग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्त्विक असर परेको बताए। उनले राजनीतिक रूपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरंगित बनाएको बताए। उनले केन्द्रीय कार्यसमितिको बैठकमा यसको समीक्षा हुन जरुरी रहेको बताए।

उनले संस्थापन इतरपक्षको बैठकमा पुस १० गतेको राजनीतिक घटनाक्रम, समसामयिक राजनीतिको विषयमा छलफल भएको बताए। उनले बैठकमा विशेष महाविधेशन बोलाउने कुरामा छलफल नभएको पनि स्पष्ट पारे। उनले केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस पार्टीले देशभरका जनताको भरोसालाई निराशामा परिणत गरेको बारेमा पनि छलफल हुने बताए।

पार्टीका अर्का सहमहामन्त्री बद्री पाण्डेले पार्टीपंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराशा छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए। उनले कांग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्ने भन्नेबारेमा सोच्नुपर्ने बताए। उनले पार्टीपंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको भए पनि कार्यसमितिको बैठकमा यसबारेमा चर्चा हुने बताए।

नेपाली कांग्रेस संस्थापन इतरपक्षको बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालालगायतका नेताहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *