दक्षिण कोरियाबाट शुद्ध नश्लका गाई नेपालमा ल्याएर किसानलाई वितरण

दक्षिण कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई ल्याएर नेपालमा किसानहरुलाई वितरण गरेको छ ।

हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरिएको हो ।दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो ।

हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको बताएको छ । हेफर कोरियाबाट प्राप्त गाई पौष ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले पौष ९ गते कमलामाई नगरपालिका सिन्धुलीलाई हस्तान्तरण गरी गाई सिन्धुली पु¥याएको छ । उत्पादनको हिसाबले कोरियाका टप (परीक्षण भएका) २ वटा बहर पनि केही दिनपछि आउने हेफरले बताएको छ ।

नेपालमा पहिलो पटक शुद्ध नश्लका धेरै गाई आएको हेफरले बताएको छ । हेफर इन्टरनेशनल नेपालका भेटनरी डाक्टर भोला श्रेष्ठले नेपाली स्थानीय गाईलाई विस्थापित गर्ने नभई नश्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाईहरु ल्याएको बताए । उनले दक्षिण कोरियाबाट ल्याएका शतप्रतिशत शुद्ध नश्लका गाई नश्ल सुधारको लागि ल्याएको बताए ।

उनले नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताए । उनले नेपालमा रहेका ७३ लाख गाईमध्ये करिब २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको बताए ।

डा.श्रेष्ठले नश्ल सुधारका लागि विदेशबाट गाई ल्याउँदैमा स्थानीय प्रजातिका गाई लोप नहुने बताए । उनले स्थानीय गाई लोप हुन नदिनको लागि राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र र पशु सेवा विभागले स्थानीय गाईको अनुवंशिक स्रोतहरुको संरक्षण गरी नश्ल सुधारको काम समेत गरिरहेको बताए ।

उनले नेपालमा दूध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नश्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याएको बताए । उनले दूधको उत्पादकत्व बढाउन वंशाणुगत क्षमता तथा आहारा, स्वास्थ्य र पालनपोसनमा भर पर्ने बताए ।

उनले कोरियाबाट आएका गाई जेनेटिक रुपमा उच्च उत्पादकत्व भएका बहरलाई न्युक्यलेस हटको रुपमा स्थापना गरेर उत्पादन बढाउने उद्देश्य रहेको बताए । उनले नेपाली गाईपालक किसानहरुलाई उन्नत नश्लको बहरबाट सिमेन उत्पादन गरेर जन्मने बाच्छाहरु राम्रो हुन्छ भन्ने अपेक्षासहित काम गरिने बताए ।

डा.श्रेष्ठले नश्ल राम्रो भएको गाई ल्याएर पालनपोषण नेपालमा भएको गाईको भन्दा पनि नराम्रो हुने भन्दै किसानलाई तालिम समेत दिएको बताए । उनले कोरियन गाई पाल्नको लागि सिन्धुलीका किसानलाई समूहमा आबद्ध गरेर गाई वितरण गरिएको बताए । उनले उनले किसानहरुलाई उन्नत गाई पाल्ने प्रविधि, स्वच्छ दूध उत्पादन प्रविधि र आहारा व्यवस्थापनको बारेमा तालिम दिएको बताए ।

डा. श्रेष्ठले हेफरले कोरियन गाईको हेरचाहको लागि सिन्धुलीमा दक्ष भेटनरी डाक्टर खटाउने बताए । उनले कोरियाका जानकारहरु पनि ल्याएर प्रभावकारी बताए ।

उनले बर्दिबासदेखि बीपी राजमार्ग डेर पकेट एरिया बन्न नसक्ने आधार मानेर, सिन्धुलीका किसानको उत्साह देखेर, नगरपालिकाको प्रविधिक सहयोग र सिन्धुलीबाट तराई र काठमाडौंको बजारमा सहज रुपमा दुध पुग्नसक्ने देखेर सिन्धुली छनोट गरिएको बताए । उनले सिन्धुली नै सबैभन्दा उपयुक्त नभए पनि किसानहरुको उत्साहको कारण पनि छनोट गरिएको बताए ।

गाईहरूलाई आवश्यक पर्ने शुद्ध नश्लको सिमेन (बीर्य) पनि कोरियाबाटै प्राप्त भएको छ । यी गाईहरु क्षमता ८ देखि १६ हजÞार लिटर प्रतिबेत रहेको जानकारी प्राप्त भएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *