कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सवेदी नियुक्त भएका छन् । उनलाईअर्को व्यवस्था नहुञ्जेलसम्मका लागि जिम्मेबारी दिइएको हो ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।

उपाध्यायपछि दोस्रो बरियतामा रहेका सुवेदी हाल बैंकको अपरेशन विभाग प्रमुख रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *