फेला परिन् हराइरहेकी बालिका समृद्धि मानन्धर

शुक्रबारदेखि सम्पर्कविहिन भएकी बालिका समृद्धि मानन्धर फेला परेकी छन्। उनी कालीमाटी क्षेत्रमा फेला परेकाे प्रहरीले पुष्टि गरेकाे छ।  काठमाडाै‌ं जिल्ला प्रहरी परिसरकाे विशेष टाेली र महानगरीय प्रहरी वृत्त, कालीमाटीले घटनाकाे अनुसन्धान गरिररहेका थिए।

महानगरीय प्रहरी वृत्त, कालीमाटीका निमित्त प्रमुख इन्स्पेक्टर वसन्त आचार्यले बालिका कालीमाटी क्षेत्रमा फेला परेकाे बताए।

काठमाडौं कालीमाटी–१३ की ११ वर्षीया बालिका समृद्धि तीन दिनदेखि बेपत्ता थिइन्। उनी गत शुक्रबारदेखि हराएकी थिइन्। परिवारले उनको खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए।

गत शुक्रबार साँझ ५ः२५ बजे आमा कृष्णाकुमारी सिंहको मोबाइल बोकेर उनी घरबाट बाहिर निस्केकी थिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर