ख्रीष्टमस शुभकामना आदानप्रदान र मोटरसाइकल र्‍याली सम्पन्न

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको आयोजनामा ख्रीष्टमस शुभकामना आदानप्रदान मोटरसाइकल र्‍याली भव्यताका साथ शुक्रबार सम्पन्न भएको छ ।

उपत्यकाका विभिन्न मण्डलीहरुको सहभागितामा येशू ख्रीष्टको जन्मोत्सवको शुभकामना आदानप्रदान गर्दै मोटरसाइकल र्‍याली सम्पन्न भएको हो ।

काडमाडौंको नयाँबानेश्वरस्थित बिजुलीबजारको पुलबाट सुरु भएको उक्त र्‍याली कार्यक्रम भृकुटीमण्डपमा पुगी समापन भएको हो । उक्त र्‍यालीको उद्घाटन कार्यक्रम महासंघका कार्यवाहक अध्यक्ष डोमा राईको सुरुको प्रार्थनाद्वारा सुरु भएको थियो भने बाग्मती प्रदेशका प्रदेश सांसद मीनकृष्ण महर्जनले रिबन काटेर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै सासंद महर्जनले ख्रीष्टियन समुदायको बडादिन ख्रीष्टमसको सबैलाई शुभकामना दिँदै ख्रीष्टियन समुदायको हकअधिकारका लागि आफू कटिबद्ध रहेको बताए । आफू सबै जनताको प्रतिनिधि भएकाले सम्पूर्ण धार्मिक समुदाय आफ्ना लागि समान रहेको उनले बताए ।

ख्रीष्टमस शुभकामना आदानप्रदान मोटरसाइकल र्‍याली नयाँबानेश्वरको बिजुलीबजार पुलबाट बिहान ८ बजेबाट सुरु भई माइतीघर, थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, हात्तीसार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगी समापन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर