त्रिभुवन विमानस्थल भन्सारबाट १९ केजी सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ केजी सुन बरामद भएको छ।

शुक्रबार फ्लाई दुबईकाे उडानबाट काठमाडाैं आएका सुडानका नागरिकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले तरल सुन १९ केजी बरामद गरेको हो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन सुनसहित पक्राउ परेका हुन्। २७ वर्षीय मोहम्मद भन्सार कार्यालयको नियन्त्रणमा छन्। थप अनुसन्धान भइरहेको पाण्डेले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *