
माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको दलको बैठकले नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । यस्तै दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन भएका छन् । दलको उपनेता र सचेतक भने चयन गरिएको छैन ।
यस्तै राष्ट्रिय सभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन भएका छन् । प्रमुख सचेतकमा गोपीबहादुर सार्की अछामी र सचेतकमा गङ्गाकुमारी बेल्बासे पहिलेदेखि नै कार्यरत छन् ।
माओवादीको बिहीबारको पदाधिकारीको बैठकले संसदीय दलको नेतामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री दाहाललाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । सोही बैठकले प्रमुख सचेतकमा नेता पाण्डेलाई चयन गर्ने निर्णय गरेको थियो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३२ सिटमा जित हासिल गरेका छ ।
- बंगलादेशमा हिन्दू नेताको हत्याको विरोधमा जनकपुरमा विरोध प्रदर्शन
- पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोप- टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
- बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा अपहेलना मुद्दा
- विप्लवको गुनासो– प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्
प्रतिक्रिया