
एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली


नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन् ।
एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रुपमा रहेको छ ।
- बंगलादेशमा हिन्दू नेताको हत्याको विरोधमा जनकपुरमा विरोध प्रदर्शन
- पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोप- टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
- बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा अपहेलना मुद्दा
- विप्लवको गुनासो– प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्
प्रतिक्रिया