पार्टीभित्र विश्वासको वातावरण बनाउन संसदीय दलको नेतामा देउवालाई मेरो समर्थनः वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने बताएका छन् ।

मंगलवार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रस्तावकका रुपमा पुगेका उनले अहिलेको असहज परिस्थितीमा नेपाली काँग्रेस भित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति शेर बहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको बताए ।

उनले संसदीय दलको नेतामा सभापति देउवा निर्बिरोध हुने दाबीसमेत गरे । तर संस्थापन इतर पक्षबाट पार्टी महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्दैछन् । पार्टीका नेता डा. शेखर कोईरालाले युवा पुस्तान्तरणका लागि आफूले गगनलाई सममर्थन गरेको बताउँदै गगनलाई संसदीय दलको नेतामा समर्थन गर्न पार्टीका सांसदहरुलाई आग्रह गरे । संस्थापन पक्षबाट भने प्रधानमन्त्री एवं पार्टी सभापति देउवा संसदीय दलको नेताका लागि उम्मेदवारी दिन सिंहदरबार गुगिसकेका छन् ।

वरिष्ठ नेता पौडेलले भने ,‘अहिलेको असहज परिस्थितीमा नेपाली काँग्रेस भित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले मैले पार्टी सभापति शेर बहादुर देउवालाई संसदिय दलको नेतामा प्रस्ताव गर्ने भएको छु । पार्टी सभापतिलाई संसदीय दलको नेतामा सर्वसहमत चयन गर्न सबैलाई आग्रह गर्दछु ।’

नेता पौडेलले नवनिर्वाचित काँग्रेसका सांसदहरुलाई पार्टी सभापति देउवालाई सर्वसहमत संसदीय दलको नेता चयन गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर