नेपाल एसबीआई बैंक र आईएमईबीच रेमिट्यान्स भुक्तानी सम्झौता

नेपाल एसबीआई बैंक लिमिटेड र आईएमई लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा सोमबार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै अब विदेशमा रहेका नेपालीले आईएमईका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम नेपाल एसबीआई बैंकका सम्पूर्ण शाखामार्फत सजिलै भुक्तानी लिन सकिनेछ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याल र आईएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेललगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर