भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँछु : पशुपतिशम्शेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताएका छन् ।

आइतबार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसद्मा भ्रष्टाचार र घुसखोरीका विरुद्धमा आवाज उठाउने बताएका हुन् ।

उनले संसदमा आफूहरूको राष्ट्रवादी भूमिका हुने उल्लेख गरे । उनले देशलाई अरुले धेरै तल झारेको भन्दै आफूहरुले संसद्बाट नेपाल र नेपाली जनतालाई माथि पुर्‍याउने बताए ।

त्यस्तै नेकपा (एमाले) को तर्फबाट वाग्मती प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य डा. दिनेश देवकोटाले प्रदेशलाई सबलीकरण गर्नका लागि आफूले भुमिका खेल्ने बताए । उनले भुँइका मानिसहरुलाई माथि उठाउने गरी काम गर्ने बताए ।सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रदेश सभा सदस्य देवकोटाले सरकारले पछिल्लो पटक अध्यादेश ल्याएर लोकतन्त्रलाई उपहास गर्न खोजेको बताए ।

जनता समाजवादी पार्टीको तर्फबाट मधेस प्रदेशमा निर्वाचित प्रदेश सभा सदस्य मनिष सुमनले संघीयता र प्रादेशिक व्यवस्थालाई थप बलियो बनाउन लाग्ने बताए । उनले कुनै पनि वर्ग, जाति, क्षेत्र र लिङ्गको आधारमा हुने विभेदको अन्त्य गराउन लागिपर्ने बताए ।

उनले देशमा हुने सबै प्रकारको समस्या समाधानका लागि आफुहरु लागिपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *