सहायक सीडीओकै कागजपत्र कीर्ते गरेर करिब ७१ लाख रुपैयाँ निकाल्ने मटिहानी गुठीका महन्थ पक्राउ

प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पगेनीका अनुसार महन्थ वैष्णवले रुपन्देहीमा रहेको मेगा बैंक शाखाबाट ७० लाख ८३ हजार रुपैयाँ कीर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आइतबार बिहान पक्राउ गरिएको हो ।

महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खाता सरकारले रोक्का राखेको अवस्थामा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी खाताबाट सो रकम झिकेको आरोपमा महन्थलाई पक्राउ गरिएको हो ।

एसपी पगेनीका अनुसार महन्थले आफ्नो खातामा रहेको रकम धनुषाका श्रवण यादवको नाममा ट्रान्सफर गरेको खुलेको छ ।

सरकारी हस्ताक्षर कीर्ते गरेको आरोपमा पक्राउ गरिएका महन्थलाई आवश्यक कारबाहीका लागि रुपन्देही पठाइएको महोत्तरीका प्रहरी उपरीक्षक पगेनीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *