मनाइयाे पाँचौं राष्ट्रिय झण्डा दिवस (तस्बिरहरू)

संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । आज शुक्रबार काठमाडौंको माइतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताए ।

उनले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको बताए । उनले राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने बताए ।

उनले सरकारी निकायहरुबाट नै विश्वमै फरक रहेको नेपालको झण्डा फर्ने, दुपयोग गर्ने पाइएको भन्दै सरकारी निकायहरु यसमा सचेत बन्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर