दरबारमार्गमा पुरुष पोसाकको ब्रान्ड ब्ल्याकबेरीको आधिकारिक स्टोर सञ्चालन

पुरुषहरूलाई उनीहरूको सफलताको यात्रामा साझेदार बनाउने ३० वर्षभन्दा लामो अस्तित्वको विरासतसहित भारतको अग्रणी मेन्सवेयर ब्रान्ड ब्लाकबेरी अब नेपाली बजारमा आउने भएको छ ।

ब्ल्याकबेरीले दरबारमार्गस्थित सिभिल मलमा दुईवटा नयाँ स्टोर खुलेको घोषणा गरेको छ । यस अवसरमा ब्ल्याकबेरीका ब्राण्ड एक्सपिरियन्सका उपाध्यक्ष राजेश सेथुरामन र नेपालका लागि मास्टर फ्रेन्चाइजी र रिटेल ट्रेडिङ पार्टनर लविदा ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम लामिछाने र सन्दीप प्रधानाङ्गको उपस्थिति थियो ।

२ हजार र ३ हजार वर्ग फुटमा फैलिएका दुवै स्टोरहरूले ब्ल्याकबेरीका सूट, ज्याकेट, औपचारिक पहिरन, क्याजुअल पहिरन, एथनिक पहिरन, जुत्तालगायतको सेवा दिनेछ । कार्यक्रममा यस सिजनको नयाँ डिजाइनका पहिरनबारे पनि जानकारी दिएको छ ।

नयाँ स्टोरहरूले ब्ल्याकबेरीका विवाहसम्बन्धी पोशासहरुको पनि विक्री गर्नेछ, जसले पुरुषहरूलाई आकर्षक देखाउन सघाउ पुर्‍याउने बताइएको छ । सूट, टक्सिडो, ब्लेजर र जातीय पहिरनको धेरै कलेक्सन यहाँ पाउन सकिने ब्ल्याकबेरीका नेपालको आधिकारिक विक्रेताले जानकारी दिएका छन् ।

ट्राउजर, सूट, ज्याकेट र ब्लेजर जस्ता औपचारिक पहिरनदेखि लिएर, ब्रान्डले खाकी, शर्ट, डेनिम, टी–सर्ट र भित्री पोशाक र जुत्ता र सामानहरू जस्ता अर्ध–औपचारिक र क्याजुअल पहिरनहरू पनि यहाँ खरिद गर्न पाइने जनाइएको छ ।

कार्यक्रममा ब्ल्याकबेरकिा सहसंस्थापक तथा निर्देशक नितिन मोहनले नेपालमा आफ्नो शाखा खोल्न पाएकोमा खुसी व्यक्त गरे । ‘हामी लविदा ट्रेडिङसँगको साझेदारीमा नेपालमा हाम्रो नयाँ स्टोर सुरु गरेको घोषणा गर्न पाउँदा उत्साहित छौं । हाम्रा नयाँ स्टोरहरू अझै बढाउन प्रतिबद्ध छौं,’ उनले भने । उनले ब्ल्याकबेरीका उत्पादनले पुरुषहरूलाई अझै आत्मविश्वासी देखिन सघाउ पुर्‍याउने बताए ।

ब्ल्याकबेरीका उत्पादनहरू तीन दशकभन्दा बढी समयदेखि भारतमा मन पराइँदै आएको छ । नयाँ स्टोरले नेपाललाई विश्व–स्तरीय उत्पादनहरूको थप अनुभव प्रदान गर्ने निर्देशक नितिनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर