नेपाल आउँदै चर्चित बलिउड अभिनेता विवेक ओबरोय

चर्चित बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउँदैछन्। उनी बुधबार साँझ सपरिवार नेपाल आउन लागेका हुन्।

एक सातासम्म नेपालका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल घुमघामको उद्देश्यले उनी नेपाल आउन लागेका हुन्।

नेपाल बसाइको क्रममा उनले सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन्।

विवेकले केही अगाडि एक भिडियो सन्देश जारी गर्दै नेपालमा भ्रमणबारे जानकारी दिएका थिए। उनी व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । उनी नेपालमा पुनमको मिट एण्ड ग्रीट लगायत केही कार्यक्रममा पनि सहभागी हुनेछन्।

विवेकले तेलगु, मलाया, कन्नड लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *