
निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक गर्दै आयोग

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ । आयोगले आज मध्याह्न १२:३० बजे मंसिर ४ मा एकै चरणमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।
नतिजा सार्वजनिक गरेपछि भोलि समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र वितरण गर्ने आयोगले जनाएको छ ।
आयोगले हिजाे नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, नेकपा एमालेलाई त्रुटि सच्याउन थप मौका दिएकाले आज मात्रै नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । एमालेले प्रदेश १ र मधेश प्रदेश सभाका लागि समानुपातिकबाट निर्वाचित सदस्यहरूको सूची बुझाउँदा त्रुटि पाइएपछि आयोगले सच्याउन लगाएको थियो । एमालेले सूची सच्याएपछि आयोगले आज अन्तिम परिणाम सार्वजनिक गर्न लागेको हो ।
- राप्रपा अध्यक्ष लिङ्देन लगायतका नेताहरू सिंहदरबारबाट पक्राउ
- राप्रपा कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी, निषेधित क्षेत्र नतोड्न प्रहरीको माइकिङ
- ज्ञानेन्द्र शाहीलगायत राप्रपा नेता संसदीय दलको कार्यालयमा थुनिए, बन्धक बनाएको आरोप
- सरकारी विद्यालय कमजोर बनाएर निजीमा विद्यार्थी लैजाने षड्यन्त्र भयो : अनेरास्ववियु
प्रतिक्रिया