प्रधानमन्त्री देउवाद्वारा जाजरकोट जीप दुर्घटनाका मृतकप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित भिरपाटीमा सोमबार दिउँसो कर्णाली प्रदेश ०२—००१च०४२९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

देउवाले आज शोक विज्ञप्तिमार्फत मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर