अनलाइनमार्फत सट्टेबाजी गर्ने दुई जना पक्राउ

अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा प्रहरीले दुई जनाले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरु सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवनकुमार शर्मा र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ घर भएका ३७ वर्षीय रुद्रप्रसाद पोखरेल रहेका छन्।

काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाइन सट्टेबाजी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रुद्रप्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका–१ जमलबाट शनिबार र पवनकुमार शर्मालाई नरदेवीबाट आइतबार विभिन्न गेमहरूमा अनलाइन सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीहरूलाई सट्टेबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *