एकीकृत समाजवादी प्रवेश गरेपछि मनाङेको तारिफ गर्दै भुसालले भने, ‘उहाँबाट सिक्नुपर्छ’

नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङउर्फ दीपक मनाङेबाट सिक्नुपर्ने बताउनु भएको छ।

मंगलबार काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै उनले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताएका हुन्।

महासचिव भुसालले गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए। गुरुङको विगतलाई लिएर कतिपयले गलत टिप्पणी गरेको भन्दै महासचिव भुसालले अब भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने पनि बताए। उनले गुरुङले वर्तमानमा सिक्न लायक काम गरेको र भविष्यमा पनि राम्रो काम गर्दै जाने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने र त्यसमा आफू पर्ने भएकाले कसैले पनि मन्त्रीका लागि आफूलाई सिफारिस गर्नु नपर्ने दावी गरे। उनले युवा तथा खेलकुदमन्त्रीको रुपमा आफूले गण्डकी प्रदेशमा अरु प्रदेशले भन्दा धेरै काम गरेको दावी गरे। राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गराउन आफूले मन्त्रीको रुपमा महत्त्वपूर्ण निर्वाह गरेको उनको भनाइ छ।

मनाङ प्रदेश २ का स्वतन्त्र सांसदसमेत रहेका गुरुङ सोमबार जनसेवा गर्ने भन्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन्। उनले आफू सो पार्टीमा प्रदेशको मुख्यमन्त्री पाउन र मन्त्री बन्नका लागि नआएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर