![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
पाल्पा १ मा एमालेका नारायण आचार्य विजयी
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी भएका छन्।
आचार्यले ३१ हजार एक सय तीन मत प्राप्त गरे भने प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार दुई सय ५६ मत पाएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिए।
स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार नौ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले एक सय १५ प्राप्त गरे। आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरु नारायण न्यौपानेले २७, राजु सुनारले ६८ र डोलराज तिमिल्सिना (पुतली चिह्न) ले १० मत प्राप्त गरे।
प्रतिनिधि सभा क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको थियो। जसमध्ये एक हजार चार सय सात मत बदर भएको छ।
गतमङ्सिर ५ गते साँझदेखि सुरु भएको मतगणना आज सम्पन्न भएको हो। प्रतिनिधि सभामा निर्वाचित आचार्य २०७४ को क्षेत्र नं १ (२) मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
प्रतिक्रिया