
आमनिर्वाचन-२०७९
महोत्तरी २ मा लोसपाका शरतसिंह भण्डारी १४ हजार बढी मतान्तरले विजयी


महोत्तरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी फराकिलो मतान्तरले विजयी भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका लागि यो तेस्रो जितसमेत हो।
भण्डारीले निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार बढी मतअन्तरले पराजित गरेका हुन्।
भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्याए।
सत्ता गठबन्धनका साझा उम्मेदवार भण्डारीले १४ हजार ७० मतान्तरले सिंहलाई हराए।
नेकपा एमालेका राम परीक्षण यादवले १० हजार २५८ मत, जनमत पार्टीका उमेशकुमार यादवले ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत पाएका छन्।
- बंगलादेशमा हिन्दू नेताको हत्याको विरोधमा जनकपुरमा विरोध प्रदर्शन
- पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोप- टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
- बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा अपहेलना मुद्दा
- विप्लवको गुनासो– प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्
प्रतिक्रिया