
कांग्रेसमा निर्वाचनसम्बन्धी विधेयकमाथि छलफल सुरु


सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रश्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल शुरु गरेको छ ।
मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयकको बारेमा छलफल प्रारम्भ गरिएको हो ।
उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको सो विधेयकको बारेमा पार्टीभित्र प्रारम्भिक छलफल शुरु गरिएको पार्टीका केन्द्रीय सदस्य मिन विश्वकर्माले जानकारी दिए ।
बैठकमा पार्टीको भातृ संस्थाको विधानमा एकरुपता ल्याउने विषयमा के भइराखेको छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।
पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि केन्द्रीय सदस्य विश्वकर्माले बताए ।
नेपाली काँग्रेसले तत्कालीन केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भातृ संस्थाको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो ।
त्यसैलाई केन्द्रीय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको केन्द्रीय सदस्य विश्वकर्माको भनाइ थियो ।
- सशस्त्र विद्रोह घोषणा गरेर व्यवस्था परिवर्तन गर्न राजावादीहरुलाई सांसदहरुको चुनौति
- पाँच वर्षभित्र विपद् उत्थानशिल नेपाल बनाउने मिसनमा छुः कार्यकारी प्रमुख दिनेश भट्ट
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै
प्रतिक्रिया