
काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी


प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ ।
बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन् ।
सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका थिए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएकी छन् ।
काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।
- त्रिशूली दुर्घटना : मोटरसाइकलसहित उद्धार गरिएका तामाङको मृत्यु, बेपत्ताको खोजी जारी
- अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौं : अर्थमन्त्री पौडेल
- धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूत नियुक्त
- ‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग
प्रतिक्रिया