नेप्से परिसूचक २५.५७ अंकले वृद्धि, १ अर्ब ७१ करोडको कारोबार

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक २५.५७ अंक बढेर १९३६.८३ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स यस दिन ४.४९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंकले बढेको छ ।

बिहीबार कारोबारमा आएका २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता शेयर १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा समेत सुधार भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक ३.१४ प्रतिशत बढेको भने वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, लगानी , विकास बैंक, अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से बढेसँगै सिक्लेस पावर कम्पनी र सयपत्री हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर, फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य २.९७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा रिडी पावर कम्पनीको १४ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *