लालपुर्जा दिनेलाई भोट

रूपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरूले लालपूर्जा दिन प्रतिबद्ध उम्मेदवारलाई आफूहरूले मतदान गर्ने बताएका छन्।

उनीहरूले रोजगारीको अवसर सिर्जना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरूसँग आग्रह गरे।

खानै नपाउने अवस्था भएकाले आफूहरुलाई रोजगारीको अवसर सृजना गर्नुपर्ने उनीहरूको माग छ। लामो समय बस्दा पनि उनीहरुले लालपूर्जा नभएकाले यो निर्वाचनबाट विजयी हुने सांसदले आफूहरूलाई त्यसको व्यवस्था गर्नुपर्नेमा स्थानीयको जोड छ।

दिनभर काम गर्दा पनि खान पाउने अवस्था नरहेको पनि त्यहाँका मतदाताको गुनासो छ। उनीहरूले देशभित्रै रोजगारीको अवसर सृजना गरेर जनप्रतिनिधिहरूले आफूलाई राहत दिनुपर्ने बताएका छन्।

यस क्षेत्रमा सत्तारूढ गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका छन्।

विपक्ष एमाले र जनता समाजवादी पार्टीको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा छन्।

नेताहरूले विगतमा जस्तो चुनावी प्रचार अभियानलाई तीव्रता नदिएको केहीले बताएका छन्। ३÷४ वर्षअघि जस्तो चुनावको प्रचार अभियानले तीव्रता नपाएको स्थानीयले बताएका छन्।

त्यहाँका मतदाताहरूले घर सल्लाह गरेर मतदान गर्ने प्रतिक्रिया समेत दिएका छन्। अव निर्वाचनको लागि मतदान गर्न ४ दिन मात्रै बाँकी छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर