
पाँच वर्षभन्दा पुराना मुद्दा हेर्न छुट्टै इजलास गठन हुन्छ : कामु प्रधानन्यायाधीश कार्की


कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताएका छन्।
नेपाल कानून व्यवसायी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले १३ वर्षदेखिको मुद्दाको चाङ न्यायालयमा रहेको उल्लेख गर्दै त्यसलाई सम्पादन गरेर पीडितलाई न्याय दिन सो व्यवस्था गर्न लागिएको स्पष्ट पारे।
उनले पुराना मुद्दालाई सल्टाउनका लागि आफूले त्यसलाई स्थगितको लिष्टमा नपर्ने गरी आवश्यक व्यवस्था मिलाएको पनि बताए। कायममुकायम प्रधानन्यायाधीश कार्कीले पुराना मुद्दाहरूलाई स्थगित नगरी प्राथमिकताका साथ अघि बढाउन कानून व्यवसायीहरूलाई समेत आग्रह गरे।
कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोज्नेहरूलाई निष्तेज पार्ने काममा नेपाल बारले खेल्दै आएको भूमिकाको प्रशंसा गरे। न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजिएको इतिहास स्मरण गराउँदै उनले त्यसलाई जोगाउनका लागि नेपाल बारले खम्बाको रूपमा काम गरेको बताए। कायममुकायम प्रधानन्यायाधीश कार्कीले बार र बेञ्चको सहकार्यमा मात्रै न्यायलयलाई उचाइ पुर्याउन सकिने पनि बताए।
कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायपालिकालाई उचाईमा पुर्याउनका लागि बार र बेञ्चबीच हातेमालो गरेर अघि बढनुपर्ने पनि बताए। त्यसका लागि सहकार्यका साथ अघि बढ्न आफूहरू सदा तयार रहेको उनको भनाइ थियो।
- बंगलादेशमा हिन्दू नेताको हत्याको विरोधमा जनकपुरमा विरोध प्रदर्शन
- पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोप- टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्
- बद्री केसी नेतृत्वले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा अपहेलना मुद्दा
- विप्लवको गुनासो– प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन्
प्रतिक्रिया