निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्नुहोस् : खिलराज रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्न मतदाताहलाई आह्वान गरेका छन्।

बुधवार नेपाल–चाइना फ्रेन्डशिप फोरमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले विगतको मूल्यांकन र विश्लेषण गरेर वर्तमानको आवश्यकतालाई ठीक ढंगले अगाडि बढाउनसक्ने उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन्।

उनले मतदाताहरुलाई दूरदृष्टि राखेर सुखद् भविष्यको सपना साकार पार्ने उपयुक्त उम्मेदवार छनोट गर्न आग्रह गरे। उनले निर्वाचनपछि पछुताउनुभन्दा निर्वाचनपूर्व नै विचार पुर्‍याउनुपर्ने बताए। पूर्वअध्यक्ष रेग्मीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्ने बताए।

उनले नेपालमा एकै क्षेत्रमा केन्द्रित भएर विकास निर्माणको काम गर्नुपर्ने बताए। विकासका विभिन्न काममा हात लाग्दा काम सम्पन्न हुन नसकेको र लगानी खेर गइरहेको उनले बताए।

उनले कृषि क्षेत्रको विकासका लागि किसानलाई तालिम दिनुपर्ने बताए। रेग्मीले व्यक्तिलाई स्वरोजगार बनाउन प्राविधिक तथा सीपमूलक तालिम दिनुपर्नेमा जोड दिए।

उनले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै आपसमा आशंका हुन नहुने बताए। आपसमा शंका आउन नदिन राज्य पक्षले प्रयत्न गरिरहेको र समाजले पनि सो कुरालाई अंगीकार गरेको उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *