भोट माग्न गएका विरोध खतिवडालाई स्थानीयले हाने झापड

पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ।

सत्ता गठबन्धनका उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका नेता खतिवडामाथि मत माग्न जाने क्रममा हातपात भएको हो।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा सहभागी हुन गएका नेता खतिवडामाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

उनलाई गाडीबाट ओर्लेलगत्तै हेटौंडा उपमहानगरपालिका–२ चौकीटोलका पुरुषोत्तम खड्काले दुई झापड हानेको प्रत्यक्षदर्शीले बताएका छन्।

हातपात गर्ने खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *