झगडा, हत्या-हिंसा र दुर्घटनाकाे कारक भन्दै प्रहरीले नष्ट गर्‍याे करिब २९ हजार लिटर घरेलु मदिरा

प्रहरीले झैं–झगडा, सवारी दुर्घटना, घरेलु हिंसा, हत्यालगायतको प्रमुख कारक भन्दै करिब २९ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ। कच्चा पदार्थ १६ हजार ५ सय ३० लिटर र तयारी अवस्थाको मदिरा १२ हजार ३ सय ५३ लिटर गरी २८ हजार ८ सय ८३ लिटर घरेलु मदिरा स्थानीय तहका पदाधिकारीको रोहवरमा नष्ट गरेको हो।

विभिन्न स्थानमा आकस्मिक चेकजाँच तथा खानतलासी गर्दा बरामद उक्त परिमाणको घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

हालैका दिनहरूमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाई दुर्घटना गराई आफू र अन्य सवारी चालकलगायतलाई क्षति पुर्‍याउने, झैं–झगडा गरी समाजमा अशान्ति मच्चाउने, घरेलु हिंसा गर्ने र आफन्तलाई समेत धारिलो हतियार प्रहार गरी ज्यान लिनेसम्मका कार्यहरू भएको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवनका कारण समाजमा जघन्य अपराधका घटना घटिरहेको भन्दै प्रहरीले मादक पदार्थ उत्पादन, बिक्री-वितरण र सेवन नगर्न सचेत गराएको छ।

हेर्नुहाेस् भिडियाे :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *