
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित पाँच जना निलम्बित

रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ ।
अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो । अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो ।
उनीहरूमाथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरु समेत परिपालना नगरेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएकोसहित कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको हो । इन्टरनेसनल फेडेरेसन अफ रेड क्रसले कारबाही गरेकाहरू मूलतः राजनीतिक भागबण्डा गरेको आधारमा कारबाहीमा परेकाहरू छन् ।
नेपाल रेडक्रसलाई पठाइएको पत्रका अनुसार यसरी कारबाहीमा पर्नेहरू तीन जना नेपाली कांग्रेसका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एसका एक–एक जना छन् । नेपाली कांग्रेसका भएर रेडक्रसमा छिरेर कारबाहीमा पर्नेहरूमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल, विनोद कुमार बस्नेत, मनोज कुमार थापा छन् । उनीहरूलाई तीन कसुरमा सजाय गरिएको छ ।
- जनमोर्चा अध्यक्ष केसीको प्रश्न- आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरूले जनतालाई कसरी सम्झाउनुहुन्छ ?
- लोकतन्त्रको डङ्का पिटेरमात्रै लोकतन्त्रवादी हुँदैन : राजेन्द्र लिङदेन
- परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानिछानी अवरोध गर्यो : रास्वपा
- राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना
प्रतिक्रिया