मोटरसाइकलको लेगार्डमा लुकाएर लैजाँदै गरेकाे तरबारसहित काठमाडौंबाट दुई जना पक्राउ

प्रहरीले मोटरसाइकलको लेगार्डमा लुकाएर लैजाँदै गरेको तरबारसहित काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक काठमाडौं नागार्जुन नगरपालिका–२ का २३ वर्षीय दिपेश महर्जन र मोटरसाइकलको पछाडि सवार दोलखाको मोलुङ गाउँपालिका–६ घर भई नागार्जुन–२ बस्ने २२ वर्षीय श्रवण लामा छन्।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार राति साढे १० बजे काठमाडौं–१६ माछापोखरीस्थित क्रिष्टल पेट्रोलपम्प नजिकैबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरू सवार बा.५१ प ४६३९ नम्बरको बुलेट मोटरसाइकलको अगाडिको लेगार्डमा लुकाएर राखेको अवस्थामा अन्दाजी २ फिट लामो तरबार भेटिएको हो।

तरबार र मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बालाजुमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *