
नेपाली सेनाका महासेनानीको सहायक रथीमा बढुवा सिफारिस, प्रमुख सेनानीको महासेनानीमा बढुवा


नेपाली सेनाका महासेनानी (कर्णेल) प्रशान्तविक्रम राणा सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा सिफारिस भएका छन् ।
यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) बाट ७ जनालाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको हो। सेनामा रिक्त रहेको पदमा उनीहरुको बढुवा गर्ने निर्णय भएको हो।
महासेनानीमा बढुवा हुनेमा प्रमुख सेनानीहरु विजय बस्नेत, प्रदीप थापा, कन्चनकृष्ण बस्नेत, जीवन शर्मा, प्रज्वल थापा, विकास केसी र चन्द्रशेखर काप्री रहेका छन्।
विभिन्न समयमा महासेनानीहरु सहायक रथीमा बढुवा भएपछि रिक्त स्थानमा उनीहरुको बढुवा भएको हो।
बढुवा भएका अधिकारीहरूकाे दर्ज्यानी चिन्ह र पदस्थापन केही दिनमा हुने जंगी अड्डा स्राेतले जनाएकाे छ ।
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
- आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक : परराष्ट्रमन्त्री
- सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण ऐन संशोधन गर्यौँ : बलराम अधिकारी
प्रतिक्रिया