
सिङ्गापुरविरुद्ध नेपालको ऐतिहासिक जित

जिलेप्सीजंग कार्कीको एक मात्र गोलमा नेपालले शुक्रबार मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सिंगापुरलाई १–० ले पराजित गरेको छ ।
नेपालले सिङ्गापुर नेशनल स्टेडियममा यो ऐतिहासिक जित हात पारेको हो । खेलको १२ औं मिनेटमा जिलेप्सीले गरेको गोल नेपाललाई जित दिलाउन पर्याप्त रह्यो । नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएयता म्याट रसको नेतृत्वमा नेपालले खेलेको यो पहिलो खेल हो ।
अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिङ्गापुरलाई हराएको यो नै पहिलो पटक हो । यसअघिका दुई औपचारिक खेलमा सिङ्गापुर नै विजयी रहेको थियो । यस्तै नेपालले सिङ्गापुरलाई गोल गरेको समेत यो पहिलो पटक हो । अब नेपालले एसिया कप छनोट तेस्रो चरणमा मलेसियाको सामना गर्दैछ ।
- सांसद चन्दको प्रश्न- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो
- खानेपानी संस्थानको विनियमावली कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन
- दीपक मलिकको घर भत्काइएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग
- ६६ लाख ५९ हजारले लिए स्थायी लेखा नम्बर, सात महिनामै ४ लाख २६ हजार करदाता थपिए
प्रतिक्रिया