
ट्रम्प र जेलेन्स्की युक्रेनमा आंशिक युद्धविराम गर्न सहमत


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीले बुधवार फोनमा रूस र युक्रेन बीच आंशिक युद्धविराम गर्न सहमत भएका छन् ।
ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार आफ्नो फोन वार्तामा युक्रेनमा शान्ति ऊर्जा र पूर्वाधार युद्धविरामबाट शुरु हुने कुरामा सहमति जनाएको एक दिनपछि यो छलफल भएको हो । अमेरिकी र युक्रेनका प्राविधिक टोलीहरू आगामी दिनहरूमा साउदी अरेबियामा भेट्ने बताइएको छ । जसले युक्रेनमा पूर्ण युद्धविरामको बाटोमा छलफल गर्नेछन् ।
ट्रम्प र जेलेन्स्कीले कुस्र्कको अवस्थाको बारेमा छलफल गरे । युद्धक्षेत्रको अवस्था विकसित हुँदै जाँदा आफ्ना रक्षा कर्मचारीहरू बीच नजिकबाट जानकारी साझा गर्न सहमत भएको बताइएको छ । फोन वार्ताको क्रममा जेलेन्स्कीले थप वायु रक्षा प्रणालीहरू विशेष गरी प्याट्रियट मिसाइल प्रणालीहरूको लागि अनुरोध गरे ।
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
- आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक : परराष्ट्रमन्त्री
- सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण ऐन संशोधन गर्यौँ : बलराम अधिकारी
प्रतिक्रिया