
७ जना बंगलादेशी नागरिक पक्राउ


नेपालमा शङ्कास्पद गतिविधिमा संलग्न ७ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई राजधानीको ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको हो ।
उनीहरु नेपाल प्रवेश गरी गैह्रकानूनी रुपमा बसोबास गर्नुको साथै शङ्कास्पद गतिविधिहरुमा संलग्न रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरी अध्यागमनमा बुझाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
पक्राउ परेकाहरुमा बंगलादेशी नागरिकहरूमा मोहम्मद अतिकुल इस्लाम, मोहम्मद अलाम मोला, मोहम्मद जहांगिर आलम, मोहम्मद अमिनुल हक, मोहम्मद मन्दादुल हक, मोहम्मद नारिरुद्धिन र मोहम्मद मोसरफ हुसेन रहेका छन् ।
- प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी
- रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
प्रतिक्रिया