ललितपुरमा एटीएम मेशिन तोडफोड गरेर फरार रहेका तीन जना पक्राउ

ललितपुरमा बैंकको एटीएम मेशिन तोडफोड गरेकाे आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, बेलकोटगढी–३ नै घर भई ललितपुर महानगरपालिका–६ सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरीको धरान उपमहानगरपालिका–१५ भानुचोक घर भई सुन्धाराममै बस्ने ३५ वर्षीय अनिल राई छन्।

उनीहरूले असोज ४ गते राति १२ः३५ बजे ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटीएम मेशिन तोडफोड गरेर पैसा चोरी गर्न खोजेको आरोप छ।

फरार रहेका उनीहरूका सम्बन्धमा सो बैंकमा रहेको सीसीटीभी फुटेजको माध्यमबाट जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलबाट अनुसन्धान गर्दै जाने क्रममा घटनामा संलग्न रहेका सीसीटीभी फुटेजमा देखिएअनुसारको हुलिया भएका उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूमाथि ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *