
२४.५० अंकले बढ्यो नेप्से


मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ ।
कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रहेको छ ।
प्रतिक्रिया