
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया