
रविको थुनछेक बहस सकिएन्, भोलि पुनः अदालत उपस्थित हुने गरी परिवारको जिम्मा लगाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।
जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ । आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोविन्द ज्ञवालीले जानकारी दिए ।
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
- आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक : परराष्ट्रमन्त्री
- सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण ऐन संशोधन गर्यौँ : बलराम अधिकारी
प्रतिक्रिया