
जीपी कोइराला विश्वविद्यालय स्थापना गर्नुपर्छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद (जीपी) कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन् ।
शनिवार स्व. नेता गिरिजाप्रसाद कोईरालाको ९९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन् । उनले अरु नेताहरुको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमन्यताको प्रतिक भएकोले उनको नाममा जी.पी. कोईराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताएका हुन् ।
मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए । उनले जी.पी. कोइराला विश्व विद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको उद्घोष गरे ।
मन्त्री बडूले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्वविद्यालयको रुपमा पहिलो विश्वविद्यालय स्थापना गरेको र बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्वविद्यालयले आफ्नो प्रतिस्पर्धा परिणाममा देखाइरहेको बताए ।
मन्त्री बडूले क्षमतासहितको प्रतिष्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जीपी कोइराला विश्वविद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए ।
- नेपाल लाइफले सगरमाथामा फोहोर संकलन गर्ने, राउण्ड टेबल नेपालसँग सहकार्य
- पाँच वर्षभित्र विपद् उत्थानशिल नेपाल बनाउने मिसनमा छुः कार्यकारी प्रमुख दिनेश भट्ट
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै
प्रतिक्रिया