जय नेपाल कपमा तीन राष्ट्रका विश्व विद्यालयले खेल्ने
जय नेपाल कप दक्षिण एशियाली विश्वविद्यालय टि-ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि शुरु हुने भएको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा नेपाल, भारत र बगंलादेशका गरी कुल आठ वटा विश्वविद्यालयले प्रतिष्पर्धा गर्ने जय नेपाल टी ट्वान्टी क्रिकेट माघको दोस्रो सातादेखि हुन लागेको हो । प्रतियोगिताका खेलहरू त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन् ।
नेविसंघले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको दिएको हो । टी ट्वान्टी क्रिकेट प्रतियोगितामार्पmत जलवायु परिवर्तनको मुद्दालाई पनि प्रवद्र्धन गर्ने आयोजकको उद्देश्य रहेको छ ।
नेपालका चार टोली त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय, भारतका दिल्ली विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, बाबासाहेब भीमराव, बिहार विश्वविद्यालय तथा बंगलादेशको ढाका विश्वविद्यालयले जय नेपाल कपमा प्रतिष्पर्धा गर्ने भएका छन् ।
बंगलादेश र नेपालका विश्वविद्यालयबाट राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु खेल्ने आयोजकले जनाएको छ । कुल ९ दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट का आधारमा सन्चालन हुनेछ । कुल आठ टोलीलाई दुई समूहमा भागमा विभाजन गरिएको छ । समूहका शिर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउनेछ । ५ लाखको पुरस्कार भने विधागत उत्कृष्टलाई प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थापाले जानकारी दिए ।
आयोजकका अनुसार प्रतियोगिताको विजेतालाई संसारको सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गरिने भएको छ । नेविसंघले यस प्रतियोगिताका लागि सबैभन्दा कान्छो पर्वतारोही निमा रिन्जी शेर्पा ब्राण्ड एम्बासडर नियुक्त पनि गरेको जनाएको छ ।
नेविसंघका सभापति दुजाङ शेर्पाले यस प्रतियोगितामार्फत् दक्षिण एशियाका ऊर्जाशील युवाहरूलाई स्थिरता र वातावरणप्रति संवेदनशीलता बढाउन एकत्रित गर्ने उद्देश्य रहेको उल्लेख गरे ।
यस प्रतियोगितामा सामान्यतर्पmको टिकट एक सय र भिआइपीतर्फ पाँच सय निर्धारण गरिएको छ । त्यहाँबाट उठ्ने रकम जाजरकोटका भूकम्प पीडितका लागि खर्च गरिने नेविसंघका सभापति शेर्पाले जानकारी दिए ।
प्रतिक्रिया