वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए प्रहरीमा उजुरी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट र अभद्र व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।

त्रिपाठीले आज (बिहीबार) प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका हुन् । बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितका पक्षबाट बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदै गर्दा उनीमाथि हातपात भएको थियो । ‘भर्खर प्रहरीमा उजुरी दिएर फर्किंदैछु, प्रहरीले उचित अनुसन्धान गर्ला भन्ने विश्वास गरेको छु’, त्रिपाठीले भने ।

अदालत परिसरमा मुद्दाका प्रतिवादी एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले हातपात गरेका थिए । त्रिपाठीमाथि भएको कुटपिटको घटनालाई लिएर नेपाल बार एशोसिएसन, सर्वोच्च बार र जिल्ला बारले समेत दोषीलाई कारबाहीको माग गरेका छन् । प्रहरीले त्रिपाठीमाथि हातपात गरेको आरोपमा बुधबारै ललितपुर टीकाथली बस्ने ललित केसीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर