चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनु पर्ने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्‍यालीमा सहभागी हुँदै घिसिङले यस्तो बताएका हुन् ।

उनले नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएको बताए । उनले निजी सवारीसाधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको बताए । उनले यात्रुवाहक सवारी साधनसमेत विद्युतीय वृद्धि हुँदै जानु भनेको ठूलो परिवर्तन भएको बताए । उनले पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको उल्लेख गरे ।

उनले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी र्‍यालीले अभियानलाई ठूलो सहयोग पुगेको बताए । उनले पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद बिक्री भएको बताएका छन् । उनले विद्युतीय सवारी साधनको प्रोमोसन विद्युतीय सवारीसाधन किनेर मात्रै नहुने बताए । उनले देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरु बनाउन जरुरी रहेको उल्लेख गरे ।

उनले भने, ‘इलेक्ट्रिकल भेकलमा ट्रान्सपोटेसन भएको छ । यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालभर वृद्धि भएको छ । विद्युतको माग बढाउने अभियान हो । अभियानलाई ठूलो सहयोग पुगेको छ । ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको छ । विद्युतीय सवारी साधनको प्रामोसन विद्युतीय सवारी साधन किनेर मात्रै पनि हुँदैन।

देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरु बनाउन जरुरी छ । जसमा विद्युतीय चार्जिङ स्टेशनहरु बनाउन जरुरी छ ।’ स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युतलाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । उनले विद्युत उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर